१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एकजना पक्राउ



काठमाडौं । विभिन्न वन्यजन्तुको आखेटोपहारसहित नागढुंगाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई सोमबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई दुई थान हुचिलको खुट्टाजस्तो देखिने वस्तु, दुई थान हुचिलको पन्जाजस्तो देखिने वस्तु, दुईथान हाल यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम यकिन हुन नसकेको जनावरको सुकुटी, तीन थान शंखजस्तो देखिने वस्तु, एक थान सेतो टल्कने ढुंगा र नगद ४० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानका लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ४ : ३६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा