२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेकपा एमाले कानुनीरुपमा विभाजित, नेकपा (एकिकृत समाजवादी)ले पायो प्रमाणपत्र



काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनेको माधव नेपालको नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको छ । निर्वाचन आयोगले प्रस्तावित पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर सनाखत गरे लगत्तै सो पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेलाई आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको प्रमाणपत्र प्रदान गरेका थिए । नेकपा (एमाले)बाट अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भएर नयाँ दलका पक्षमा सनाखत गरेका थिए।

आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेको भएपनि सनाखतमा भने २ जना नेता उपस्थित हुन नसकेको नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने नेता पाण्डेले बताए । अध्यादेशमा भएको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने छन् । देशभरका ठुलो संख्यामा जनप्रतिनिधिहरु सो पार्टीमा सामेल हुने पार्टीका नेताहरुले दाबी गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  १० : ५५ बजे

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव