५ पुस २०८२, शनिबार | December 20, 2025

काबुलमा रहेका ४२ नेपाली उडानको प्रतीक्षामा



काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौं ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो ।

मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ८ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता