२४ माघ २०८२, शनिबार | February 7, 2026

जनगायक जेवी टुहुरेको निधन



काठमाडौं । जनगायक जेवी टुहुरेको निधन भएको छ ।

केहीसमय अघिदेखि बिरामी रहेका टुहुरेको उपचारकै क्रममा आज निधन भएको हो ।

टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १:३० बजेदेखि २ बजेसम्म श्रद्धान्जलीका लागि राखिने भएको छ ।

जनसांस्कृतिक महासंघका नेपालका संरक्षक, संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहेका टुहुरेको बिहीबार दिउँसो १२:३० वजे निधन भएको हो ।

टुहुरेको शव ३:०० बजेदेखि ४:०० वजेसम्म पशुपति आर्यघाटमा राखिने छ । त्यसपछि अन्तिम संस्कार हुने बताइएको छ ।

जनताका गीत गाउने टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भै..’ लगायतका गीत निकै चर्चित छन् ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  १ : ०८ बजे

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल