२४ माघ २०८२, शनिबार | February 7, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सरकारलाई पूर्णता दिने विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटवार्तामा सरकारलाई यथाशीघ्र पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् । सत्ता साझेदार दुई दलका शीर्ष नेताबीच अब सरकारलाई पूर्णता दिन ढिलाई गर्न नहुने सहमति भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म सरकार विस्तार गर्न सकेका छैनन् । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कुर्दा कुर्दा देउवाको मन्त्रिपरिषद् विस्तार गर्ने योजना रोकिँदै आएको थियो । यद्यपी,  एमाले विभाजनसँगै नेपालको नेतृत्वमा नयाँ राजनीतिक दल एकीकृत समाजवादी बनेपछि सरकार सामान्य बहुमतमा पुगेको छ भने मन्त्रिपरिषद् विस्तार गर्न पनि सहज अवस्था बनेको छ ।

एकीकृत समाजवादीले छिट्टै संसदीय दलको बैठक बसेर नेता चयन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । यस्तै, जनता समाजवादी पार्टी जसपाले पनि सरकारमा सहभागी बन्ने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले गर्नुपर्ने दैनिक काममा समेत अवरोध उत्पन्न हुनथालेको भन्दै व्यापक आलोचना बढिरहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ११ : ३६ बजे

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन