६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सरकारलाई पूर्णता दिने विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटवार्तामा सरकारलाई यथाशीघ्र पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् । सत्ता साझेदार दुई दलका शीर्ष नेताबीच अब सरकारलाई पूर्णता दिन ढिलाई गर्न नहुने सहमति भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म सरकार विस्तार गर्न सकेका छैनन् । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कुर्दा कुर्दा देउवाको मन्त्रिपरिषद् विस्तार गर्ने योजना रोकिँदै आएको थियो । यद्यपी,  एमाले विभाजनसँगै नेपालको नेतृत्वमा नयाँ राजनीतिक दल एकीकृत समाजवादी बनेपछि सरकार सामान्य बहुमतमा पुगेको छ भने मन्त्रिपरिषद् विस्तार गर्न पनि सहज अवस्था बनेको छ ।

एकीकृत समाजवादीले छिट्टै संसदीय दलको बैठक बसेर नेता चयन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । यस्तै, जनता समाजवादी पार्टी जसपाले पनि सरकारमा सहभागी बन्ने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले गर्नुपर्ने दैनिक काममा समेत अवरोध उत्पन्न हुनथालेको भन्दै व्यापक आलोचना बढिरहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ११ : ३६ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक