१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अध्यक्षका श्रीमतीलाई शिक्षकमा नियुक्त गर्न नाम निकालेकामाथि जालझेल



दैलेख । दैलेखका चामुण्डावीन्द्रासैनी नगरपालिका-२ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झ्याइएको छ ।

चामुण्डावीन्द्रसैनी-२ बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरिरहेका हुन् ।

५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीनजना २३, ३४, र ३६ औँ नम्बरमा परे ।

८ औँ नम्बरमा रहेका अधिकारीलाई नियुक्ति नदिएर विद्यालयले अल्झ्याएको छ । ‘मलाई नियुक्ति दिन छाडेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आफन्तका लागि पद छोड्न भनियो,’ अधिकारीले भने ।

अध्यक्षकी श्रीमती बालशिक्षा अध्यापन गराइरहेकी छन् । उनलाई नै नियुक्त गर्न खोजिएको आरोप छ । प्रधानाध्यापक कृष्णप्रसाद कँडेलले पनि अधिकारीलाई शिक्षकमा नियुक्त गर्न अध्यक्षले नमानेको स्वीकार गरे । ‘अधिकारी शिक्षकमा नियुक्त हुन योग्य हुनुहुन्छ, भनेर अध्यक्षज्यूलाई पटक-पटक भनेको छु, तर उहाँले मान्नु भएन,’ कँडेलले भने ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रले यसबारे प्रधानाध्यापकसँग छलफल गरेर निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ८ : ४३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्