१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अध्यक्षका श्रीमतीलाई शिक्षकमा नियुक्त गर्न नाम निकालेकामाथि जालझेल



दैलेख । दैलेखका चामुण्डावीन्द्रासैनी नगरपालिका-२ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झ्याइएको छ ।

चामुण्डावीन्द्रसैनी-२ बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरिरहेका हुन् ।

५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीनजना २३, ३४, र ३६ औँ नम्बरमा परे ।

८ औँ नम्बरमा रहेका अधिकारीलाई नियुक्ति नदिएर विद्यालयले अल्झ्याएको छ । ‘मलाई नियुक्ति दिन छाडेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आफन्तका लागि पद छोड्न भनियो,’ अधिकारीले भने ।

अध्यक्षकी श्रीमती बालशिक्षा अध्यापन गराइरहेकी छन् । उनलाई नै नियुक्त गर्न खोजिएको आरोप छ । प्रधानाध्यापक कृष्णप्रसाद कँडेलले पनि अधिकारीलाई शिक्षकमा नियुक्त गर्न अध्यक्षले नमानेको स्वीकार गरे । ‘अधिकारी शिक्षकमा नियुक्त हुन योग्य हुनुहुन्छ, भनेर अध्यक्षज्यूलाई पटक-पटक भनेको छु, तर उहाँले मान्नु भएन,’ कँडेलले भने ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रले यसबारे प्रधानाध्यापकसँग छलफल गरेर निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ८ : ४३ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन