२० असार २०८३, शनिबार | July 4, 2026

माधवकुमार नेपाल एकीकृत समाजवादी संसदीय दलको नेता बन्दै



काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आज संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकबाट पार्टी अध्यक्ष नेपाल दलको नेतामा चयन हुँदैछन् । यही बैठकले दलको प्रमुख सचेतक र सचेतक पनि चयन गर्ने बताइएको छ ।

केही दिनअघि मात्र नेकपा एमालेबाट विद्रोह गरी नयाँ पार्टी दर्ता गरेको नेकपा एकीकृतले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । सरकारमा सहभागी हुनुपूर्व संसदीय दलको नेता चयन गर्न लागेको हो ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट यही भदौ ९ गते मान्यता पाएको हो । यस पार्टीका प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ३० जना सांसदहरु रहेका छन् । निर्वाचन आयोगले यो पार्टीमा आउन चाहेका एमालेका थप तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको सनाखत नगरिदिएपछि सांसदको संख्या ३३ बाट ३० मा झरेको हो ।

 

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १० : ३२ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार