२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन



काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए ।

संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको छ ।

बैठकले पार्टीको तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए । उनले भने– ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधव कुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरिएको छ ।’

बैठकले भारतमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकारलाई बाढी पहिरोले निम्त्याएका समस्या समाधानका निम्ति ध्यानाकर्षण पनि गराएको छ । यस्तै जनताले अनुभुति हुनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको पनि गराएको छ ।

यही भदौ ९ गते नयाँ दल दर्ता भएपछि आज दलको पहिलो बैठक बसेको हो । एकीकृत समाजवादी संसदीय दलमा ३० जना सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १ : ५६ बजे

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल