२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बिहानै देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अझै खुलेन, आज खुल्ने सम्भावना कम



बुटवल । आईतबार बिहानबाट अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा खण्ड आज नखुल्ने भएको छ । अविरल बर्षाका कारण पहिरो खसेर आइतबार विहान देखी बिभिन्न स्थानमा अवरुद्ध भएको बुटवल पाल्पा सडक आज सुचारु हुन नसक्ने पाल्पा प्रहरीले जनाएको छ । निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्गका दर्जन बढी स्थानमा पहिरो गएपछि विहानै देखि बुटवल पाल्पा सडक अवरुद्ध भएको थियो ।

बिहानै देखि खसेको पहिरोले अवरुद्ध रहेको धेरै स्थानका पहिरो हटाएपनि डुम्रे नजिकै झरेको पहिरो भने हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए । सडक सुचारु गर्नका लागि २ वटा डोजर तयारी अवस्थामा राखेपनि लगातार लेदो सहितको पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

राजमार्गको डुम्रेमा स्थानिय देवबहादुर सारुको २ तले पक्कि घर सहित बगाउँदा राजमार्ग अवरुद्ध भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी त्वाँतीले बताए । ‘स्काईभेटर तयारी अवस्थामा राखेका छौं, चालकले तेल छैन भन्दैछ, हेरौं के हुन्छ ?’ डीएसपी त्वाँतीले भने । सडक खुल्ने सम्भावनाका विषयमा प्रश्न गर्दा उनले स्काईभेटरको चालकलाई सोध्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ५ : ४२ बजे

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट