१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बिहानै देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अझै खुलेन, आज खुल्ने सम्भावना कम



बुटवल । आईतबार बिहानबाट अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा खण्ड आज नखुल्ने भएको छ । अविरल बर्षाका कारण पहिरो खसेर आइतबार विहान देखी बिभिन्न स्थानमा अवरुद्ध भएको बुटवल पाल्पा सडक आज सुचारु हुन नसक्ने पाल्पा प्रहरीले जनाएको छ । निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्गका दर्जन बढी स्थानमा पहिरो गएपछि विहानै देखि बुटवल पाल्पा सडक अवरुद्ध भएको थियो ।

बिहानै देखि खसेको पहिरोले अवरुद्ध रहेको धेरै स्थानका पहिरो हटाएपनि डुम्रे नजिकै झरेको पहिरो भने हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए । सडक सुचारु गर्नका लागि २ वटा डोजर तयारी अवस्थामा राखेपनि लगातार लेदो सहितको पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

राजमार्गको डुम्रेमा स्थानिय देवबहादुर सारुको २ तले पक्कि घर सहित बगाउँदा राजमार्ग अवरुद्ध भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी त्वाँतीले बताए । ‘स्काईभेटर तयारी अवस्थामा राखेका छौं, चालकले तेल छैन भन्दैछ, हेरौं के हुन्छ ?’ डीएसपी त्वाँतीले भने । सडक खुल्ने सम्भावनाका विषयमा प्रश्न गर्दा उनले स्काईभेटरको चालकलाई सोध्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ४२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम