२२ भदौ २०८३, सोमबार | September 8, 2026

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री, प्रदेश राजधानी व्यवस्थापन गर्न मन्त्री डिल्ली चौधरी बने संयोजक



बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो।

बैठकले आयोगको सदस्यमा शिवपुजन यादव, डा.दामोदर भुसाल नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी २ सदस्य पछि नियुक्त गर्ने मन्त्री खड्काले बताए।

बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समिति समेत गठन गरेको सरकारका प्रवक्ता खड्काले बताए । नियुक्त हुनेहरुमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् ।

मन्त्रिपरिषदको बैठकले स्थायी राजधानी व्यवस्थापनका लागि शहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको छ ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार समितिले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा आवश्यक पूर्वाधार तयार गर्नका लागि समन्वयको काम गर्नेछ।

 

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ३७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार