६ पुस २०८२, आइतबार | December 21, 2025

मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिन पाँच दलीय गठबन्धनमा सहमति



काठमाडौं । सत्तारुढ पाँच दललले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुलाटारमा आज बसेको पाँच दलको बैठकले मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमति गरेको हो । बैठकमा नेताहरुले अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्न नहुने बताएका छन् । मन्त्रिपरिषद् विस्तार नगर्दा सरकारको आलोचना बढ्न थालेको छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका दुई र माओवादी केन्द्रका दुई जनालाई मात्र मन्त्री बनाएका छन् ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेका छन् ।

आजको बैठकमा मन्त्रालय बाँडफाँटको विषयमा भने छलफल नभएको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए । शीर्ष नेताहरुबीचको छलफलबाट मन्त्रालय बाँडफाँट टुंग्याउने यसअघि नै सहमति भएको थियो ।

बैठकमा अघिल्लो सरकारले ल्याएको बजेट सच्याउने विषयमा पनि छलफल भएको छ । आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न नेताहरुले प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन्।

यस्तै नेताहरुले भारतीय एसएसबीले तुईन काट्दा महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणको विषयमा सरकारले स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन् । नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइबारे समेत प्रश्न उठाएका छन् । उनीहरुले भारतसँग प्रष्ट कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।

 

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  १२ : १६ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम