२४ माघ २०८२, शनिबार | February 7, 2026

खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो



काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएको २० औँ दिनमा सङ्क्रमित भइन लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोल भन्छन, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु पर्यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उनि भन्छन, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।”

कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ०७ बजे

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई