१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

काठमाडौंको फोहोर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग



काठमाडौं । काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने भएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गर्ने निर्णय गरेको हो ।

उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दा कतैबाट अवरोध भए बल प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले भने, ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।!

प्रमुख शाक्यले फोहोर विस्थापन हुँदै आएको नुवाकोटको सिसडोलका स्थानीय बासिन्दाले उठाएका समस्या समाधान गर्न महानगरले सकेजति पहल गर्ने बताए । उनले भने, ‘हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

सिसडोलमा ३ वर्षका लागि भनेर अस्थायी रुपमा फोहोर विस्थापन गर्न थालिएपनि १६ वर्ष हुँदा पनि दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन । दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोटकै वञ्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको थियो । त्यसको पनि काम नै हुन सकेको छैन । शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनका भौतिक पूर्वाधारको जिम्मेवारी पुरा गर्नुपर्ने भएपनि अहिलेसम्म हुन नसकेको मेयर शाक्यले बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले फोहोर व्यवस्थापन गर्दा सुरक्षा चुनौती देखिएमा शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने बताए । जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : २६ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट