२४ माघ २०८२, शनिबार | February 7, 2026

काठमाडौंको फोहोर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग



काठमाडौं । काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने भएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गर्ने निर्णय गरेको हो ।

उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दा कतैबाट अवरोध भए बल प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले भने, ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।!

प्रमुख शाक्यले फोहोर विस्थापन हुँदै आएको नुवाकोटको सिसडोलका स्थानीय बासिन्दाले उठाएका समस्या समाधान गर्न महानगरले सकेजति पहल गर्ने बताए । उनले भने, ‘हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

सिसडोलमा ३ वर्षका लागि भनेर अस्थायी रुपमा फोहोर विस्थापन गर्न थालिएपनि १६ वर्ष हुँदा पनि दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन । दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोटकै वञ्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको थियो । त्यसको पनि काम नै हुन सकेको छैन । शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनका भौतिक पूर्वाधारको जिम्मेवारी पुरा गर्नुपर्ने भएपनि अहिलेसम्म हुन नसकेको मेयर शाक्यले बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले फोहोर व्यवस्थापन गर्दा सुरक्षा चुनौती देखिएमा शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने बताए । जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  २ : २६ बजे

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई