५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

दल रोज्न पाउने पहिलो दिनमै बागमतीका १२* सांसदले रोजे एकीकृत समाजवादी



हेटौंडा । बागमती प्रदेशका १२ प्रदेशसभा सांसदले नेकपा एमाले परित्याग गरेका छन् ।

राजेन्द्र पाण्डेसहितका १२ सांसदले एमाले दल त्याग गरेर नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नयाँ दल रोज्नेमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका कृष्ण खनालसमेत रहेका छन् ।

सरकारले हालै जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१दिनभित्र दल रोज्न पाउने प्रावधान रहेको थियो । निर्वाचन आयोगले अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गर्दै भदौ १५ गतेदेखि २२ गतेसम्म दल रोज्न पाउने सूचना जारी गरेको थियषे ।

एमालेका ११ सांसदले आज हेटौंडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी रोजेको सनाखत गराएका छन् । सांसदहरु राजेन्द्र पाण्डे, कृष्ण खनाल, माधव पौडेल, मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, पार्वती सिलवाल, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, बसन्त मानन्धर, कुसुमकुमार कार्की र रमा आले मगरले एस पार्टी रोजेका हुन्।

एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा हालका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित २२ जना सांसद रहेका थिए । शाक्यले मुख्यमन्त्री नेता नेपालको साथ छोड्दै पार्टीको संस्थापन पक्षमा विलय भएकी थिइन । त्यसपछि डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिलाएर एमालेले शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

१२ जना सांसदले एस पार्टी रोजेपछि शाक्य नेतृत्वको एमाले सरकार अल्पमतमा परेको छ । एकल बहुमतप्राप्त सरकारको दल विभाजन भएमा मुख्यमन्त्रीले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । एसपार्टीमा २२ गतेसम्म २१ जना सांसदले सनाखत गर्ने सो पार्टीका नेताहरुले दाबी गरेका छन् ।

*पहिला ११ सांसदले दल रोजेको भनिएकोमा मन्त्री कृष्ण खनालले समेत आजै दल रोजेका कारण शीर्षकसहित समाचार अपडेट गरेका छौं -सं.

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ३ : ४८ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा