२९ असार २०८३, सोमबार | July 13, 2026

दल रोज्न पाउने पहिलो दिनमै बागमतीका १२* सांसदले रोजे एकीकृत समाजवादी



हेटौंडा । बागमती प्रदेशका १२ प्रदेशसभा सांसदले नेकपा एमाले परित्याग गरेका छन् ।

राजेन्द्र पाण्डेसहितका १२ सांसदले एमाले दल त्याग गरेर नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नयाँ दल रोज्नेमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका कृष्ण खनालसमेत रहेका छन् ।

सरकारले हालै जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१दिनभित्र दल रोज्न पाउने प्रावधान रहेको थियो । निर्वाचन आयोगले अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गर्दै भदौ १५ गतेदेखि २२ गतेसम्म दल रोज्न पाउने सूचना जारी गरेको थियषे ।

एमालेका ११ सांसदले आज हेटौंडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी रोजेको सनाखत गराएका छन् । सांसदहरु राजेन्द्र पाण्डे, कृष्ण खनाल, माधव पौडेल, मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, पार्वती सिलवाल, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, बसन्त मानन्धर, कुसुमकुमार कार्की र रमा आले मगरले एस पार्टी रोजेका हुन्।

एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा हालका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित २२ जना सांसद रहेका थिए । शाक्यले मुख्यमन्त्री नेता नेपालको साथ छोड्दै पार्टीको संस्थापन पक्षमा विलय भएकी थिइन । त्यसपछि डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिलाएर एमालेले शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

१२ जना सांसदले एस पार्टी रोजेपछि शाक्य नेतृत्वको एमाले सरकार अल्पमतमा परेको छ । एकल बहुमतप्राप्त सरकारको दल विभाजन भएमा मुख्यमन्त्रीले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । एसपार्टीमा २२ गतेसम्म २१ जना सांसदले सनाखत गर्ने सो पार्टीका नेताहरुले दाबी गरेका छन् ।

*पहिला ११ सांसदले दल रोजेको भनिएकोमा मन्त्री कृष्ण खनालले समेत आजै दल रोजेका कारण शीर्षकसहित समाचार अपडेट गरेका छौं -सं.

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ३ : ४८ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि बेवारिसे गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार