४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुदुरपश्चिमका १३ एमाले सांसद एकीकृत समाजवादीमा प्रवेश; १० सांसदको सनाखत, केहीको बाँकी



फाइल तस्विर

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना प्रदेशसभा सांसदले एमाले दल परित्याग गरी नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

सभामुखसहित २५ जना सांसद रहेको प्रदेशसभामा एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा १८ जना सांसद रहेका थिए । ती मध्ये १३ जना सांसदले एकीकृत समाजवादी दल रोज्ने निर्णय गरेका हुन् ।

आज पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारीको सनाखत भएको छ । अन्य सांसदको कागजात नपुग्दा आज सनाखत हुन बाँकी रह्यो ।

सांसदहरुले उनीहरुले निर्वाचन आयोगको प्रदेश कार्यालयामा पुगेर एस पार्टी रोजेको सनाखत गरेका छन् ।

दीर्घ सोडारीसहित तारा लामा तामाङ, बलबहादुर सोडारी, पूर्णा जोशी, दुर्गा कामी, माया भट्ट, लालबहादुर खड्का, अमरबहादुर साउद, अर्चना गहतराज, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत निर्वाचन आयोग कार्यालय पुगेका थिए ।

एमाले उपाध्यक्ष एवं सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता भीम रावलले माधवकुमार नेपालसँगको संगत परित्याग गरी अध्यक्ष केपी शर्मा ओली पक्षमा विलय भएपनि उनले प्रदेशबाट धेरै सांसदहरुलाई जोगाउन सकेनन् ।

सांसद सोडारीले २२ गतेसम्म थप सांसदहरु एकीकृत समाजवादीमा सनाखत गर्ने दाबी गरेका छन् ।

यसअघि एमालेको संस्थापन पक्षमा ६ जना मात्र सांसद रहेकोमा अब नेपालको पक्षमा नगएका केही सांसद थपिने भएका छन् ।

 

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ४ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको