२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देहीमा ५८ औ राष्ट्रिय खेलकुद परिषद स्थापना दिवस मनाईयो



बुटवल । ५८ औ राष्ट्रिय खेलकुद परिषद स्थापना दिवस रुपन्देहीमा बिबिध कार्यक्रम गरि मनाईएको छ । स्थापनाको अवसरमा नवनियुक्त जिल्ला पदाधिकारीहरुको पदभार ग्रहण, सम्मान, स्वागत तथा निवर्तमान पदाधिकारीहरुलाई विदाई गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वलीलाई जिल्लाका कार्यवाहक कार्यालय प्रमुख कृष्ण शाक्यले सम्मान तथा स्वागत गरहेका थिए । वलीलाई स्वागत गर्दै शाक्यले खेलकुदको गौरव बढाउने गरि कार्ययोजना बनाउन सुझाव दिए ।

रुपन्देही जिल्ला खेलकुद विकास समिति लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा परिषदका सदस्य सचिव भिम वलीले बर्दियादेखि पुर्वि रुकुम, पश्चिम नवलपरासीसम्मको भौगोलिक परिवेशमा रहेको लुम्बिनी प्रदेशमा रुपन्देहीलाई केन्द्र बनाएर गुरुयोजना अगाडि बढाउने बताए । उनले स्थानिय पालिकाहरुसंग समन्वय गरि अघि बढाउन सके यसले खेल गतिविधिलाई चलायमान बनाउने बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष मनोज गौचनसहित पदाधिकारीहरुले पदभार ग्रहण गर्दै खेल क्षेत्रको विकाससंगै युवा खेलाडी उत्पादन तथा प्रशिक्षकको दक्षता वृद्धिका कार्यक्रम गरिने बताए ।

रुपन्देहीका नवनियुक्त अध्यक्ष मनोज गौचनको नेतृत्वमा उपाध्यक्ष शंकर पाण्डे, कोषाध्यक्ष सुनिल पाण्डे तथा सदस्यहरु श्रद्धा कुवर, हेमा बराल, दुर्गा रासकोटी, अंकित कुर्मी, बिनोद थापा, विनय कसौधन सहित ९ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण देवकोटा, सदस्य उमा अधिकारी, जिल्ला खेलकुद विकासका निवर्तमान अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारीले खेलकुदको विकासका लागि सबै तहका बिचमा सहकार्य जरुरी रहेको बताए । लुम्बिनी प्रदेशका ६ जिल्लामा पदभार ग्रहण कार्यक्रम सम्पन्न भैसकेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ५ : १३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५