२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

१ अर्ब लगानीमा चितवनमा खुल्यो पाँचतारे पटिहानी रिसोर्ट



चितवन । चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको हो ।

रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए । हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा १ अर्ब रुपैयाँ हाराहानी खर्च हुने बताए ।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन्। यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए ।

एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेको भनाइ छ । रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् ।

रेष्टुरेन्टमा एकपटकमा ५ सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ ।

बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्थासमेत गरिएको छ ।

विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ३४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको