५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णाली प्रदेशसभाका ३ एमाले सांसद एकीकृत समाजवादीमा



सुर्खेत । कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले आज सुर्खेतस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

प्रदेशसभा सदस्य जुम्लाका पदमबहादुर रोकाया, रुकुमपश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले एकीकृत समाजवादीमा रहेको सनाखत गरेका हुन् ।

कर्णाली प्रदेशसभामा एमालेका २० सांसद रहेका थिए । गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप विपरित विश्वासको मत दिएपछि प्रकाश ज्वालासहित चार सासदको पद रिक्त भएपछि एमालेका १६ सांसद बाँकी रहेका थिए । अब थप ३ जना सांसद एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ । यद्यपी, एमाले नै प्रदेशसभामा ठूलो दल रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ३ : २२ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको