४ पुस २०८२, शुक्रबार | December 20, 2025

उपत्यकामा निषेधाज्ञा हटे पनि केही प्रतिबन्ध कायमै



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउने गरी निषेधाज्ञा हटाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । उनका अनुसार स्थानीय तहहरूले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्यालयसमेत सञ्चालन गर्न पाउनेछन् ।

यस्तै, सिनेमा हलहरूसमेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने मन्दिर तथा धार्मिक क्षेत्रहरूसमेत खुला हुनेछन् । तर, भीडभाडजन्य गतिविधिहरू गर्न भने पाइनेछैन । यस्तै, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि गर्न पाइनेछैन । यसैगरी, चाडपर्वहरू न्यूनतम सहभागितामा भीडभाड नहुनेगरी सांकेतिक रूपमा सञ्चालन गर्न पाइनेछ ।

यस्तै, स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार यो नियम १७ भदौदेखि भदौ मसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको