७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पोखरामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एकजना बेपत्ता



पोखरा । पोखरामा दुई घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ३ वर्षीय एक बालक बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा-२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक केसीले श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरूका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएको केसीले जानकारी दिए ।

यसैगरी पोखरा-११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

भलाममा पहिराले ८-१० वटा घर पुरेको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजी भइरहेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १० : १८ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२