१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमालेमा थपिने ५५ केन्द्रीय सदस्य नेपाल खेमाकै !



काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ ।

२ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ । रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले जनाएको छ ।

रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन् ।

५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् । एमाले अध्यक्ष केपी ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएका हुन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने तयारी छ ।

उनका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ । ‘साथीहरू कसलाई केन्द्रमा लैजाने भन्ने विषयमा छलफलमा हुनुहुन्छ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ,’ तामाङले भने ।

सदस्य तान्ने होडबाजी

एमाले विभाजन भएसँगै दुबै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (एस)ले पनि चाँडै केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै सम्भव भएसम्म एमालेमा आवद्ध नेताहरूलाई तानेर केन्द्रीय सदस्य बनाउने प्रयास थालेको छ ।

एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने तर हाल नेकपा (एस) मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ ।

नेकपा (एस)का नेता बेदुराम भुसाल केन्द्रीय कमिटीले राष्ट्रिय भेलाबाट पूर्णता पाउने बताउँदै अधिकांश एमालेका नेताहरू भेलाबाट आफ्नो पार्टीमा समाहित हुने दाबी गर्छन् । ‘एमालेका धेरै साथीहरू हामीसँग आउँदै हुनुहुन्छ, उहाँहरू केन्द्रीय कमिटीमा अटाउने ‘हेभीवेट’का हुनुहुन्छ,’ भुसालले भने ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : २६ बजे

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै