५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

एक करोड बढी डोज कोरोना विरुद्धको खोप लगाएकोमा ‘डब्लुएचओ’ले दियो नेपाललाई बधाई



काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् ।

हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ ।

यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाई दिएका छन् ।

रासस

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १२ : ३० बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११