२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

मन्त्रिपरिषदले सिफारिस गरेको ४ वर्ष पछि बाँकेका २ स्थानीयतहको संरचना परिवर्तन, आजबाट खजुरा नगरपालिका



नेपालगन्ज । नेपाल सरकारले २०७४ सालमा घोषणा गरेको बाँकेका दुई स्थानीयतहको संरचना ४ वर्ष पछि राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा आज प्रकाशित सूचना अनुसार बाँकेको राप्ती सोनारी गाँउपालिाका टुक्रियाको छ भने गाँउपालिकाकारुपमा रहेको खजुरा गाँउपालिका आजबाट नगरपालिकामा रुपान्तरित भएको छ ।

नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेर राप्ती र सोनारी गाँउपालिका घाषणा गरेको थियो भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेको भन्दै सर्वोच्चमा मुद्दा परेर पछि कार्यान्वयनमा रोक लगाईएको थियो । सवोच्चले बाटो खोलिदिएसँगै आज प्रकाशित राजपत्रको सूचनामा राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ भने खजुरा गाँउपालिकालाई खजुरा नगरपालिका नामाकरण गरिएको छ । राजपत्रका अनुसार अब बाँकेमा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका भएका छन् ।

नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको निर्णयलाई सूचीकृत गरिएको छ । आगामी निर्वाचनमा चुनिएर आउने गाउँसभा तथा नगरसभाले निर्णय गरे बमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रको सूचनामा उल्लेख छ ।

राजपत्रमा उल्लेख भए बमोजिम अहिलेको खासकुश्मा, कचनापुर र महादेवपुरीका केही वडाहरु समावेश गरी राप्ती गाँउपालिका टुक्राईएको छ, जसको कुल जनसँख्या २३४१७ रहेको छ भने क्षेत्रफल ७९०दशमलव ३१ वर्ग किलोमिटर रहेको छ । त्यसैगरि रनियापर, सोनपुर, उढरापुर, बागेश्वरी, सितापुर र राधारपुर गाँउविकास समिती गाभेर खजुरा गाँउपालिका बनाईएको छ । १०१.९१ वर्ग किलोमिटर क्षेत्रफल र ५ लाख ९ सय ६१ जनसंख्या रहेको आधारमा खजुरा क्षेत्रलाई खजुरा गाँउपालिका घोषणा गरएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : ५५ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर