१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पहिरोले पुरिएर पर्वतमा ५ जनाको मृत्यु, ३ जना बेपत्ता



पर्वत । पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेको जानकारी दिए ।

१५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए ।

यस्तै कुश्मा नगरपालिका-११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ८ : १२ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से