११ कार्तिक २०८१, आइतबार | October 27, 2024

नेपालसँग कुनै सीमा विवाद छैन: चीन



काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् ।

‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ ।

केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रस्टीकरणलाई बुझ्नसमेत ध्यानाकर्षण गराएको छ । त्यतिबेला नेपालको परराष्ट्र मन्त्रालयले समेत चीनसँग सीमासम्बन्धी कुनै विवाद नरहेको स्पष्ट पारेको थियो ।

दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।

हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपदमा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले स्पष्ट पारेको छ ।

केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिक यसबाट लाभान्वित भइरहेको स्पष्ट पारेको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ६ : ५८ बजे

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक