५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको सीमा विवाद समाधान गर्न कार्यदल गठन



सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला बिचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।

समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके, सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य छन्।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद छ ।

बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ६ : १५ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११