२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पाल्पामा कांग्रेसको चुनावी चहलपहल



पाल्पा । नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो ।

वडा तहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांगे्रसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको छ । हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको कांग्रेस पाल्पाले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुने छ । पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिकास्तरको अधिवेशन भदौ २७ गते हुने भएको हो । वडा तहको निर्वाचन सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुने ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने छ । केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ । नेपाली काँग्रेस, पाल्पाका सभापति वीरबहादुर रानाले कांग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताएक छन् ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ११ : ३१ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास