६ पुस २०८२, आइतबार | December 21, 2025

संघीय संसदको अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस



काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै साउन ३ गते पुनर्स्थापित संसदको पहिलो बैठक बसेको थियो । सरकारकै सिफारिसमा संघीय संसदको अधिवेशन साउन ३२ गते मात्र अन्त्य भएको थियो । त्यतिबेला नेकपा एमाले फुटाउने उद्देश्यसहितको अध्यादेश ल्याउनेका लागि अधिवेशन अन्त्य गरिएको थियो । संसद अधिवेशन अन्त्य भएको भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको थियो ।

तर, अहिले सरकारलाई ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्नका लागि संसद अधिवेशन आवश्यक परेको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी समेत संसदबाट तत्कालै पारित गर्नुपर्ने हतारो छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आउनुअघि नै देउवाले एमसीसी पारित गरेर अमेरिकासँग नजिक हुन चाहेका छन् ।

मन्त्रिपरिषद्ले संसद अधिवेशन बोलाउने निर्णय गर्नुअघि बालुवाटारमै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले बिहानै सभामुख अग्निप्रसाद सापकोटासँग पनि यसविषयमा छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ४ : २६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा