२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

संघीय संसदको अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस



काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै साउन ३ गते पुनर्स्थापित संसदको पहिलो बैठक बसेको थियो । सरकारकै सिफारिसमा संघीय संसदको अधिवेशन साउन ३२ गते मात्र अन्त्य भएको थियो । त्यतिबेला नेकपा एमाले फुटाउने उद्देश्यसहितको अध्यादेश ल्याउनेका लागि अधिवेशन अन्त्य गरिएको थियो । संसद अधिवेशन अन्त्य भएको भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको थियो ।

तर, अहिले सरकारलाई ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्नका लागि संसद अधिवेशन आवश्यक परेको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी समेत संसदबाट तत्कालै पारित गर्नुपर्ने हतारो छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आउनुअघि नै देउवाले एमसीसी पारित गरेर अमेरिकासँग नजिक हुन चाहेका छन् ।

मन्त्रिपरिषद्ले संसद अधिवेशन बोलाउने निर्णय गर्नुअघि बालुवाटारमै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले बिहानै सभामुख अग्निप्रसाद सापकोटासँग पनि यसविषयमा छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ४ : २६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास