६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा



जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ । भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन् । नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ । तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन् । भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन् । यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु । जानकी मन्दिरका पूर्वमहन्थ स्व.रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन् ।

यहाँको रानीबजारस्थित मणिमण्डपमा राम, भरत, लक्ष्मण र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास गरिन्छ । त्यसैको सम्झनामा यहाँ हुने स्वयंवर कार्यक्रममा रामजानकी विवाह मण्डप कहिल्यै सजिन पाउँदैन । स्वयंवरको दृश्य हेर्न आउने लाखौं श्रद्धालु भक्तजनले उभिने ठाउँसमेत पाउँदैनन् । यहाँको २५ बिघा जग्गाजमिन जानकी मन्दिरका पूर्वमहन्थ स्व.रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए । रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचेका थिए । त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बाससमेत नपाउने अवस्था छ ।

जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा परेको छ । महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पत्ति महन्थको बिर्ता सरह हुन पुग्यो। बेचबिखन यहाँसम्म पुग्यो कि जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरू छिन्नभिन्न हुन थाले । देवभूमि जथाभावी अतिक्रमण पर्दै गएपछि यहाँका पुरातात्विक, धार्मिक र प्रतीकहरू खुम्चिदै गएका छन् ।

जनकपुर नगरपालिका भित्र १४ राजगुठी छन् । जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी भने छुट्टै गुठीमा छन् । जसमध्ये सबै गुठीहरू अतिक्रमणमा परेका छन् । नगरपालिका क्षेत्रका गुठीका ९० प्रतिशत जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्थको मिलोमतोमा अतिक्रमण भइसके। गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेषका रूपमा बाँकी छन् ।

जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजारमध्ये ५ सय ३० बिघा, राममन्दिरको २८ सय ६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४ सय १० बिघामध्ये ३ सय ९० बिघा अतिक्रमणको चपेटामा परेका छन् । रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४ सय ८५ बिघामध्ये ४ सय ६० बिघा, हनुमान मठको १ सय ४३ बिघामध्ये १ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसके ।

गुठीका ‘श्रीसम्पत्ति’ विनाश गर्ने कामको नेतृत्व महन्थहरूले नै गरिरहेकाले देवभूमि भूमाफियाको कब्जामा परेको छ । गुठीको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट च्युत भएर महन्थहरूले भूमाफियासँग मिलेर अकुत कमाइरहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ०१ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस