२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेश २ का थप २ जना एमाले सांसद एकीकृत समाजवादीमा प्रवेश



जनकपुरधाम । प्रदेश २ प्रदेशसभामा रहेका नेकपा एमालेका थप दुई जना सांसद एकीकृत समाजवादीमा खुलेका छन् ।

एमाले सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज एकीकृत समाजवादी रोजको सनाखत गरेका छन् । विश्वकर्मा एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन् । दुवै जना सांसदहरु गत बिहीबार वीरगन्जमा आयोजित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।
बिहीबार नै सनाखत गर्ने भनिएपनि उनीहरु मुल पार्टीकै कार्यक्रममा सहभागी भएपछि एकीकृत समाजवादीमा नजाने अनुमान गरिएको थियो । त्यतिबेला उनीहरुले मौसम खराब भएका कारण आफुहरु सनाखत गर्न आउन नसकेको बताएका थिए ।

प्रदेशसभामा एमालेका २१ जना सांसदहरु रहेका मध्ये १२ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका अर्का एक जना सांसद डिल्ली उप्रेतीले पनि नेपाली दूतावासमार्फत सनाखत गराउने बताएका छन् । उप्रेतीसमेत गरेर १३ जना सांसद एकीकृत समाजवादीमा प्रवेश गर्दा एमाले सांसदको संख्या ८ मा झर्ने भएको छ ।

यसअघि, शत्रुधन महतो, प्रमोद यादव, गोविन्दबहादुर न्यौपाने, मन्जु यादव, हसिमा खातुन, अशोक यादव, मदनसेन श्रीवास्तव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र यादवले गत बिहीबार नै एकीकृत समाजवादी रोजेको सनाखत गराइसकेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  १ : ०८ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।