२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

बाढीले डुवायो बनेपाको पुलबजार क्षेत्र



बनेपा । आइतबार रातिदेखिको अबिरल वर्षाका कारण बनेपा बजार फेरि डुबानमा परेको छ ।

बनेपा बजारको बीचोबीचबाट बहने पुण्यमाता खोलामा आएको बाढीका कारण स्थानीय पुलबजार क्षेत्र डुबानमा परेको हो ।

बाढी अरनीको राजमार्गमै आइपुगेपछि यातायात समेत अवरुद्ध भएको छ । पुलबजार क्षेत्रका घरको तल्लो तला डुबानमा परेका छन् ।

हालसम्म कुनै मानवीय क्षति नभए पनि बजार क्षेत्रका पसलमा बाढी पस्दा व्यापारीको लाखौं सामानमा क्षति पुगेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खोलाको प्राकृतिक बहावअतिक्रमण भएका कारण बनेपा बजार वर्षेनी डुवानमा पर्दै आएको छ ।

अत्याधिक वर्षाका कारण काभ्रेका अन्य खोलामा पनि पानीको सतह बढेको छ ।

 

तस्विर रासस

 

 

 

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ११ : ०१ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५