२० मंसिर २०८२, शनिबार | December 6, 2025

मनकामना मन्दिर २३ गतेदेखि खुल्ने



गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन् ।

कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु(याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ ।

श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।

त्यसैगरी दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ६ : ३८ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा