२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाली कांग्रेसमा गुट बन्दै, भत्किँदै



काठमाडौं । १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नयाँ गुट बन्ने र भत्किने गरेका छन् । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू विभिन्न गुट-उपगुट बनाउन र भत्काउन थालेका छन् ।

कांग्रेसमा विगतदेखि संस्थापन पक्ष र संस्थापन इतर गरी २ गुट सक्रिय थिए । सभापति देउवालाई यसपटक आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले साथ नदिने बताएका छन् ।

निधिले सम्पर्क कार्यालय खोलेर छुट्टै गुटको अभ्यास गरिसकेका छन् भने श्रेष्ठले गृह जिल्ला स्याङ्जाबाट सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । ​अर्कोतर्फ, आफ्नो समूहबाट सभापतिमा आकांक्षी देखिएका ५ जनालाई दायाँ-बायाँ राखेर शीर्ष नेता पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन् ।

पौडेल समूहमा सभापतिका आकांक्षीहरू बढी देखिएर व्यवस्थापनको समस्या देखिएको छ । १३ औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये १४ औं महाधिवेशनसम्म आइपुग्दा ५ जना सभापतिका मुख्य दाबेदार देखिएका हुन् ।

प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला र रामचन्द्र पौडेल आफैं पनि हुन् । त्यस्तै, कोइराला परिवारभित्रै ३ जना सभापतिका दाबेदार निस्किएका छन् । महामन्त्री शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइराला हुन्। सुजाताले १३ औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेकी थिइन् । सुजाता भन्छिन्, ‘म पछि हट्दिनँ । मैले पहिला पनि छाडेकै हो ।’

सभापतिमा दाबेदारी दोहोर्‍याउने सोचमा रहेका शीर्ष नेता कृष्णप्रसाद सिटौला भने वडा अधिवेशनअघि रिजर्भ बसेका छन् । वडा अधिवेशन सकिएपछि मात्र उनले उम्मेदवारीबारे मुख खोल्ने नेताहरू बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा राधा खनालले यो समाचार
लेखेकी छिन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : १० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन