काठमाडौं । बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसी र संसद बैठक लगायतका विषयमा छलफल भएको छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरुबीच एक÷दुई दिनमा मन्त्रिपरिषद् विस्तार गर्नेबारे सत्ता समझदारी बनेको छ।
आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन । ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित भएपछि यी विषयमा विस्तृतमा छलफल हुने पौडेलले बताइन ।
बैठकमा प्रधानमन्त्री देउवाले ठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद् विस्तार गर्न चारतिरबाट दबाव आएको भन्दै अब छिट्टै टुंगोमा पुग्नुपर्ने बताएका थिए ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँती पनि आजको बैठकमा सहभागी भएका थिए ।
प्रतिक्रिया