१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश



काठमाडौं । नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधकै बीच अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । त्यसलगत्तै मन्त्री खाँडले अध्यादेश पेश गरेका थिए ।

दलसम्बन्धी अध्यादेश पेशभएपछि भने एमाले सांसदहरु आआफ्नो आसनमा बसेका थिए । त्यसपछि दिवंगत सांसदहरु जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

बुधबार बसेको राष्ट्रियसभाको पहिलो दिनको बैठकमा भने एमाले सांसदहरुले बैठक निरन्तर अवरुद्ध बनाएका थिए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ४३ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।