२० असार २०८३, शनिबार | July 5, 2026

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश



काठमाडौं । नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधकै बीच अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । त्यसलगत्तै मन्त्री खाँडले अध्यादेश पेश गरेका थिए ।

दलसम्बन्धी अध्यादेश पेशभएपछि भने एमाले सांसदहरु आआफ्नो आसनमा बसेका थिए । त्यसपछि दिवंगत सांसदहरु जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

बुधबार बसेको राष्ट्रियसभाको पहिलो दिनको बैठकमा भने एमाले सांसदहरुले बैठक निरन्तर अवरुद्ध बनाएका थिए ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ४३ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी