६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ् व्यापार अवार्ड



काठमाडौं । आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ् व्यापार अवार्ड पाएको छ ।
एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठांै अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरेकोे छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको छ ।

अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए ।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकल बताए । बेस्ट पर्फमिङ् अर्वाड आइएमई अटोमोटिभ्स् टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डको लागि धन्यवाद पनि दिए ।
आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ४८ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा