२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एमाले सांसदको अवरोधकै बीच सभामुखले अघि बढाए बैठक



काठमाडौं । एमाले सांसदको १५ मिनेट प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु रोष्टममा पुगेर नारावाजी गरिरहेका छन् । यसअघि आजै बसेको पहिलो बैठकमा पनि एमाले सांसदहरुले अवरुद्ध गरेका छन् ।

बैठक अवरुद्धताकै बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकृतिको लागि बोल्न समय दिएका छन् ।

अध्यादेश अस्वीकृतिको सूचना दिनुअघि सांसद सुवालले एमसीसीको विरोधमा गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै विरोध गरे । सुवालले प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको समयमा आफुले आर्थिक अध्यादेश अस्वीकृतिको सूचना संसदसमक्ष पेश गर्न असमर्थन भएको जनाए ।

त्यसलगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश २०७८ स्वीकृतिको लागि समय दिए । त्यसपछि अर्थमन्त्री शर्माले एमाले सांसदहरुबाट छलिंदै अर्थमन्त्री शर्मा रोष्टममा पुगेर आर्थिक अध्यादेश २०७८ पेश गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालनको वातावरण बनाउन बारम्बार आग्रह गरिरहेका छन् । संसद संचालन गर्न प्रतिपक्षको जिम्मेवार भूमिका भएको सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ०२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल