८ बैशाख २०८१, शनिबार | April 20, 2024

खिमानन्द पाण्डेको अध्यक्षतामा एकिकृत समाजवादीको पाल्पा जिल्ला कमिटी गठन



पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २०७५ जेठ २ गते अघिका एमाले उपसचिव खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा पाल्पा जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार पाल्पाको तानसेनमा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् । उपाध्यक्ष घर्ती लुम्बिनी प्रदेशसभाकी सदस्य हुन् ।

नेकपा एमालेको विवादका बेला समानान्तर कमिटी नबनाएको एमालेको माधव कुमार नेपाल पक्षधरहरुले पार्टी विभाजन पछि मात्र एकिकृत समाजवादीको जिल्ला कमिटी गठन गरेका हुन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताए ।

भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ०३ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको