२५ माघ २०८२, आइतबार | February 8, 2026

खिमानन्द पाण्डेको अध्यक्षतामा एकिकृत समाजवादीको पाल्पा जिल्ला कमिटी गठन



पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २०७५ जेठ २ गते अघिका एमाले उपसचिव खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा पाल्पा जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार पाल्पाको तानसेनमा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् । उपाध्यक्ष घर्ती लुम्बिनी प्रदेशसभाकी सदस्य हुन् ।

नेकपा एमालेको विवादका बेला समानान्तर कमिटी नबनाएको एमालेको माधव कुमार नेपाल पक्षधरहरुले पार्टी विभाजन पछि मात्र एकिकृत समाजवादीको जिल्ला कमिटी गठन गरेका हुन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताए ।

भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  १० : ०३ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने