२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउने प्रयत्न



काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बासिरहेको गठबन्धनमा आवद्ध दलहरूको बैठकमा मन्त्रिपरिषद् विस्तार, संसद भित्रको अवस्थाबारे छलफल भैरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन्।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना वित्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । दलहरु कसरी मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने अन्यौल चिर्न सकेका छैनन् । हरेक पटकका बैठकमा यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्ने भन्नेबारेमा छलफल र सहमति भए पनि गाँठो फुक्न सकेको छैन ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमाथि गठबन्धनकै एकीकृत समाजवादी र जसपाबीच विवाद रहेको छ । जसपा अध्यादेश फिर्ता गर्नुपर्ने अडानमा रहेको छ भने एकीकृत समाजवादी प्रतिस्थापन विधयेक ल्याउनुपर्ने मागमा छ । जसपालाई यही अध्यादेशको आडमा मन्त्री बन्न नपाउने सांसदहरुले पार्टी फोड्लान कि भन्ने भय छ । एकीकृत समाजवादीलाई भने अध्यादेशले वैधानिकता नपाउँदा नवगठित आफ्नो पार्टी नै संकटमा पर्ने हो कि भन्ने चिन्ता छ । कांग्रेस र माओवादी केन्द्रभित्र मन्त्री बन्नका लागि नेताहरुले नेतृत्वलाई दबाब दिन छोडेका छैनन् । आआफ्नो दुखका बीच मन्त्रिपरिषद् विस्तार गर्न दलहरुले गाँठो फुकाउन नसकेका हुन् ।

अर्कोतिर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको छ । आफ्नो पार्टी फुटाउन मतियार बनेको आरोप लगाउँदै एमाले सभामुख विरुद्ध रोष्टम घेराउ गर्दै नारावाजी गरिरहँदा सरकारले नारावाजी र अवरोधकै बीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र नयाँ बजेट पेश गरिसकेको छ । यसबाट एमाले सरकार र सभामुख विरुद्ध थप आगो भएको छ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ ।

गठबन्धनको बैठकमा यी समसामयिक विषयमा छलफल भैरहेको छ ।

 

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १० : ५५ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा