१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सांसदद्वय पाण्डे र भट्टलाई कारवाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रतिनिधिसभाका सांसद पाण्डे र राष्ट्रिय सभाका सांसद भट्टलाई एकीकृत समाजवादी प्रवेश गरेवापत कुनै कारवाही नगर्न सर्वोच्चले आज अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

सांसदद्वयले निर्वाचन आयोगमा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न चाहेपनि आयोगले पार्टी दर्ताको बखत निवेदन दिँदा हस्ताक्षर नगरेको भन्दै सनाखत गरेको थिएन । आयोगले सनाखत गर्न अस्वीकार गरेपछि उनीहरु भदौ २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीस मीरा खड्काको एकल इजलासले यही रिटमाथि सुनसवाइ गर्दै आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै, अन्तरिम आदेश दिनपर्ने या नपर्ने विषयमा भदौ २९ गते छलफलमा बोलाउन आदेश दिएको छ ।

सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादीमा विवरण अध्यावधिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ३० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।