२० असार २०८३, शनिबार | July 5, 2026

सांसदद्वय पाण्डे र भट्टलाई कारवाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रतिनिधिसभाका सांसद पाण्डे र राष्ट्रिय सभाका सांसद भट्टलाई एकीकृत समाजवादी प्रवेश गरेवापत कुनै कारवाही नगर्न सर्वोच्चले आज अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

सांसदद्वयले निर्वाचन आयोगमा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न चाहेपनि आयोगले पार्टी दर्ताको बखत निवेदन दिँदा हस्ताक्षर नगरेको भन्दै सनाखत गरेको थिएन । आयोगले सनाखत गर्न अस्वीकार गरेपछि उनीहरु भदौ २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीस मीरा खड्काको एकल इजलासले यही रिटमाथि सुनसवाइ गर्दै आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै, अन्तरिम आदेश दिनपर्ने या नपर्ने विषयमा भदौ २९ गते छलफलमा बोलाउन आदेश दिएको छ ।

सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादीमा विवरण अध्यावधिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ४ : ३० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी