१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पूर्व पश्चिम राजमार्गको बाँके खण्डमा राजमार्गमै आएर बाघले मान्छे खायो



नेपालगन्ज । बाँकेमा पहिलो पटक बाघले मान्छे खाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटे बाघले राप्तीसोनारी गाउँपालिका वडा नं. १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई मारेर खाएको हो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्दै आएका अन्दाजी ४५ वर्षका भारतीय नागरिकलाई बाघले खाएको बाँके निकुञ्जका वार्डेन श्यामकुमार शाहले जानकारी दिएका छन् ।

मानसिक अवस्ता केही सुस्त रहेका भारतीय मूलका ती व्यक्ति आईतबार साँझदेखि हराइरहेका थिए । उनको शव विहान साढे सात बजे निकुञ्जभित्र भेटिएको वार्डेन शाहले बताए । पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर उत्तरमा निकुञ्ज भित्र ती ब्यक्तिको बाघले खाएर बचेको एउटा खुट्टामात्रै भेटिएको उनले जानकारी दिए ।

बाघले खाएको ती ब्यक्तिको सनाखत हुन नसकेको बताईएको छ। होटल सञ्चालकहरुले भैया भनेर बोलाउने गरेपनि मृतक भारत कुन स्थानको र वास्तविक नाम थर पत्ता नलागेको वार्डेन शाहले बताए ।

निकुञ्जले केही दिनदेखि त्यस क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन स्थानीय जानकारी गराइरएको बताएका छन् । बाँके निकुञ्जका अनुसार राष्ट्रिय निकुञ्ज क्षेत्रमा २१ वटा पाटेबाघ रहेका छन् । गाभर क्षेत्रमा दुई दिनअघि मात्रै गाउँमै पसेर बाघले दुई वटा बाख्रा र एउटा बाच्छो मारेको स्थानीयले बताएका छन् ।

यसअघि बर्दियामा पटक पटक बाघले मान्छे खाएको खबर आउने गरेपनि बाँकेमा मान्छेमाथि बाघले आक्रमण गरेको पहिलो घटना हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : २४ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत