१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाघले मान्छे खाएपछि पूर्वपश्चिम राजमार्गको बाँके शिवखोला क्षेत्रलाई प्रशासनबाट निषेधित क्षेत्र घोषणा



नेपालगन्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डको बाँके निकुञ्ज क्षेत्रमा बाघले मान्छे खाएपछि स्थानीय प्रशासनले राजमार्गको तोकिएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बाँकेको गाभर क्षेत्रमा एकजना होटलमा काम गर्ने भारतीय मजदुरलाई बाघले खाएपछि प्रशासनले पैदलयात्रु, साईकल तथा मोटरसाईकलमा यात्रा गर्न निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गर्दै राजमार्गको शिवखोला क्षेत्रमा साँझ ७ बजेबाट बिहान ६ बजेको समयमा पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्न निषेध गरेको जनाएको छ । भाद्र २८ गते बिहानै बाघले एकजनाको ज्यान लिएको र सोही क्षेत्रमा बाघको आउने जाने क्रम पनि देखिएको भन्दै प्रशासनले स्थानीय सर्वसाधारणलाई सतर्क रहन समेत सूचित गरेको छ ।

प्रशासनले प्राबिधिक सहितको टोली परिचालन गरि बाघ नियन्त्रणमा लिने प्रयास भईरहेको जनाउँदै अर्को सूचना जारी नहुँदा सम्म निषेधको निर्णय लागु हुने जनाएको छ ।

२८ गते बिहान स्थानीय होटलका कामदारलाई बाघले खाएको थियो । अघिल्लो राती देखि हराईरहेका उनको सबै शरिर बाघले खाएको अवस्थामा खुट्टामात्र भेटिएको थियो । त्यस लगत्तै स्थानीयले सोही क्षेत्रमा बाघ र बघीनी एकसाथ बसिरहेको अवस्थामा देखेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १० : ०४ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार