७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाई र संसदभित्रको अवरोधका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरिरहेका छन् । तर, अझै पनि दलहरुबीच मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति भैसकेको छैन । माओवादी केन्द्रभित्र मन्त्री बन्नका लागि प्रायः सबै नेताहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । मन्त्री छान्ने काम माओवादीका लागि समेत सजिलो छैन ।

यस्तै, सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध सिर्जना गरिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन मतियार बनेको भन्दै एमालेले उनको राजीनामा समेत माग्न थालेको छ ।

माओवादी स्थायी समिति बैठकमा यी लगायत सबै विषयमा छलफल गर्न लागिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ११ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई