१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चितवनका स्थानीय तहमा अख्तियारको छापा



चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका-२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर-२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो ।

उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न सिफारिसमा वडाध्यक्षले सेवाग्राहीसँग पैसा मागेको भन्ने उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

‘वडाध्यक्षले गर्ने विभिन्न सिफारिसमा सेवाग्राहीसँग पैसा मागेको र बाहिर समाचार आएपछि फिर्ता गरेको । एउटै आयोजनामा दोहोरो भुक्तानी दिएको भन्नेजस्ता छ सातवटा उजुरी परेको छ’, उनले भने । कागजपत्र संकलन गरेर लगेपछि त्यसमाथि थप अनुसन्धान गरिने उनले बताए ।

‘वडाध्यक्षको सम्बन्धमा धेरै उजुरी आएका थिए’, उनले भने, ‘उजुरी धेरै नै परेको हुनाले फिल्डमा नै गएर उजुरीसँग सम्बन्धित् कागजपत्र उठाएका हौँ ।’ वडाध्यक्ष भुजेलले आर्थिक लाभ लिएर अंशबण्डा गरिदिएको भन्ने आरोपमा उनी विवादमा तानिएका थिए ।

औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले राप्ती नगरपालिकाको कार्यालयमा पनि छापा मारेको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाले दिने निःशुल्क औषधीको खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा त्यसको अनुसन्धानका लागि एउटा टोली खटिएको उनले बताए ।

‘सरकारले दिने निःशुल्क औषधिको खरिदमा अनियमितता भएको भन्ने उजुरीपरेपछि हाम्रो टोलीले अनुसन्धानका लागि कागजपत्र संकलन गरिरहेको छ । टोली अझै केहीदिन चितवनमै हुनेछ’, उनले भने ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : ३२ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार