२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अपहरण र शरीर बन्धकको उजुरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी परेको छ । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले पूर्व मुख्यमन्त्री पोखरेल सहित ४ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

साउन १५ गते दाङबाट अपहरण गरि बुटवल स्थित मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको उजुरीमा सांसद वलीले उजुरीमा उल्लेख गरेकी छिन् । पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै सांसद खत्रीले सोमबार किटानी जाहेरी दिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई विपक्षी बनाएर वलीबाट दिईएको उजुरीमा उनीहरुलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।

इलाका प्रहरी कार्यालय बुटवल मार्फत जिल्ला प्रहरी कार्यालय दाङलाई सम्बोधन गरि उजुरी आईपुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए । दाङ प्रहरीका नाममा सम्बोधन गरिएको उजुरी इलाका प्रहरीले बुझेको छ, डीएसपी कुँवरले भनmे ( उजुरी दाङ पठाईन्छ र बाँकी अनुसन्धान त्यतैबाट हुन्छ ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले पनि सांसद वलीले बुटवल प्रहरी मार्फत किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे।

लुम्बिनी प्रदेशमा माओवादीका सांसद आईपी खरेलले ४ जनाका विरुद्ध शरीर बन्धक तथा अपहरणको कसुरमा मुद्दा दर्ता भएको पुष्टि गरे ।

लुम्बिनी प्रदेशमा माओवादी सांसद दामा शर्माले पार्टीमा उजुरी दर्ता गर्ने विषयमा छलफल भएको पुष्टि गरिन् । ‘उहिले नै उजुरी दिनु पथ्र्यो, बिमला जी मान्नु भएन, अहिले उजुरी गर्ने सहमती भएको हो ।’ सांसद शर्माले भनिन् ।

दाङ प्रहरीले भने जाहेरी आइनपुगेको जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : २० बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा