२२ बैशाख २०८१, शनिबार | May 4, 2024

८ जिल्लाको सक्रिय सदस्यता विवाद समाधान गरेको काँग्रेस नेताहरुको दाबी, किस्ताबन्दीमा नामावली नबुझ्ने निर्वाचन समितिकाे अडान



काठमाडौं । नेपाली काँग्रेसको ८ वटा जिल्लामा रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याईएको छ । काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा रहेको क्रियाशील सदस्यता विवाद मंगलबार बसेको छानविन समितिको बैठकले टुंङ्याएको हो । काँग्रेस नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेकको क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन् ।

सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय गर्दै सक्रिय सदस्यता विवादको निरुपण गरिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए । ती जिल्लाहरुमा विवाद निरुपण गरेको भनिएतापनि छानविन समितिले सिफारिस गरेको ८ जिल्लाको सदस्यता नामावली निर्वाचान समितिले बुझेको छैन । विवाद निरुप०ा गर्दै तयार पारिएको भनिएको सदस्यहरुको विवरण छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ ।

किस्ता किस्तामा क्रियाशिल सदस्यहरुको नामावली नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अडान छ । २० वटै जिल्लाका सदस्यता नामावली एकमुष्ट र चाँडो टुंग्याउन निर्वाचन समितिले नेताहरुलाई ताकेता गरिरहेको छ ।

बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षको प्रस्ताव छ भने देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा जाड दिएको छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा गरी प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ । बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको कपिलवस्तु र कर्णाली प्रदेशको डोल्पामा पनि चर्को विवाद रहेको पार्टीका नेताहरुले बताएका छन् ।

रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको सम्बन्धमा क्रियाशील सदस्यता विवाद छ । २० जिल्लामा भदौ १८ मा वडा अधिवेशन हुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको थियो । २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।

काँग्रेस निर्वाचन समितिका अनुसार पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : ४४ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ